Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बैंकहरुको सीडी रेसियोमा भएन सुधार


104
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार गर्न सकेका छैनन् । बैंक वित्तिय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित ९० प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको थियो ।

तोकिएको भन्दा बढी भएमा बैंक तथा वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्ने र यसका लागि तोकिएको कर्जा–निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने भनिएको थियो ।

बैंकहरुमा लगानी योग्य कर्जाको अभाव भएपछि बैंकहरुलाई सीडी रेसियोमा खुकुलो नीति पनि बनाइ दिएको थियो । तर बैंकहरुले चैतको दोस्रो सातासम्ममा ९१. १३ प्रतिशत सीडी रेसियो रहेको छ । फागुन महिनामा पनि ९१ प्रतिशतकै हाराहारीमा सीडी रेसियो रहेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।