Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ


312
Shares

nirwachan aayog

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको लागि तयार गरेको निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ गरिएको पाइएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले नेपाल समाचारपत्रसँग कुरा गर्दै सोमबार निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम गर्नका लागि सामाजिक सञ्जालको प्रयोगका सन्दर्भमा आयोगले आचारसंहितामा कडाइ गरेको बताउनुभयो ।

उहाँले आचारसंहिता पालना भए नभएको निगरानी गर्न ७ सय ५३ वटै स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिहरू, निर्वाचन अधिकृत, नेपाल प्रहरीका प्रतिनिधिलगायतको संयन्त्र निर्माण गरिने जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो– ‘सबै दलका प्रतिनिधि भएपछि आचारसंहिता उल्लंघन भएको देख्ने र त्यसलाई एकले अर्कोलाई खबरदारी गर्ने हामीले विश्वास लिएका छौं ।’

निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकाय, संवैधानिक निकाय, उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, सार्वजनिक संगठन, पर्यवेक्षकलाई मात्र होइन, गैरसरकारी तथा निजी संस्था र दातृ निकायलाई पनि लागु हुनेछ । राजपत्रमा प्रकाशित गरिसकेको आचारसंहितामा ४८ दफा रहेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।