Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


अब एसइई कम उमेरकाले पनि दिन पाइने


104
Shares

काठमाडौं । यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।

साना उमेरका विद्यार्थीमा पनि क्षमता छ भने उसले कक्षा १० मा एसइई दिन पाउने व्यवस्था मन्त्रालयले गरेको प्रवक्ता दिपक शर्माले जनाए। उमेरकै कारण कुनै विद्यार्थीको एसइई परीक्षा रोकिने छैन।

यसअघि कक्षा १० मा एसएलसी हुने व्यवस्था थियो। ५ वर्षको विद्यार्थी कक्षा १ मा भर्ना हुने सरकारी व्यवस्थाका कारण १४ वर्ष उमेर पुगेकाले मात्र एसएलसी दिन पाउने व्यवस्था विगतमा शिक्षा ऐनमा थियो तर हाल कक्षा १२ मा एसएलसी अर्थात् स्कुल लिभिङको व्यवस्था भयो। तर शिक्षा ऐनमा २०२८ कै व्यवस्था कायम रहेकाले धेरै विद्यार्थी समस्यामा परेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।