Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


७७ वटै जिल्लामा फरक फरक मतपत्र मतपत्र,१७ देखि ५० लहरसम्म हुने


169
Shares

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो ।

आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको छ । ‘आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार भएको हो, मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।

आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो । राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो । ‘मतपत्रमा निर्वाचन चिह्नलाई चार खण्डमा राखिनेछ, राष्ट्रिय स्तरका दलका मतपत्र एक खण्डमा, जिल्लामा रहेका दलका र स्वतन्त्र उम्मेदवारका चिह्न फरक फरक खण्डमा रहनेछन्,’ आयोग स्रोतले भन्यो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।