Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बिमा कम्पनीको चुक्ता पूँजी दोब्बरले वृद्धि


195
Shares

काठमाडौं । नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरेको छ ।

बिमा समितिको संचालक समिति बैठकले बिहिबार बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बिमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीकाे २ अर्ब ५० कराेड पुर्याएको छ । हाल जीवन बिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीकाे १ अर्ब छ ।

बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्क बढाई सो अनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन ,कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजीगत आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको सेवाको लागत कम भई बिमाको पहुँच विसतार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वास्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न तथा जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरि चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धि को निर्णय गरिएको समितिले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।