Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


नेपालीलाई कतार र कुवेतमा सकस, आवतजावतमा रोक


0
Shares

काठमाडौं । कतारले कोरोना भाइरस(कोभिड–१९) संक्रमणलाई फैलिन नदिन नेपाली कामदारको प्रमुख बसोबास क्षेत्र सनैयामा मंगलबारदेखि दुई साताका लागि आवतजावतमा रोक लगाएको छ ।

क्वारेन्टाइनमा राखिएका आव्रवासी कामदारमा संक्रमण बढेपछि जोखिम मानिएको क्षेत्रमा आउजाउ बन्द गरिएको हो ।

दोहास्थित नेपाली दूताबासले कतार सरकारको अनुरोधलाई पूर्ण पालना गर्न नेपालीलाई आग्रह गरेको छ ।

उता कुवेतमा भने पूरै सहर ‘लक डाउन’ गरिएको छ । अत्यावश्यक सेवाबाहेकका काम बन्द गरिएका छन् । नेपाली कामदारहरु तोकिएको क्याम्प वा आफ्नो कोठामा केन्द्रित भएका छन् ।

त्यस्तै क्वालालम्पुरस्थित नेपाली दूताबासले कोरोना भाइरसको संक्रमणबाट बच्न मलेसिया सरकारको निर्देशन प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ । -कान्तिपुर दैनिकबाट