काठमाडौं । विश्वभर कोरोना संक्रमण फैलिंदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ ।
संयुक्त राष्ट्र संघअन्तर्गतको मिसनमा साउथ सुडान जान लागेका १७ जना प्रहरी र नेपाली सेनाका ७ सय सैनिकको मिसन यात्रा तत्कालका लागि रोकिएको हो ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले साउथ सुडान जान तयारी अवस्थामा रहेका १७ जना प्रहरीको मिसन यात्रा तत्कालका लागि स्थगित गरिएको बताए ।
उनका अनुसार संयुक्त राष्ट्रसंघको हेडक्वाटरबाट तत्कालका लागि नपठाउन भन्ने पत्र आएपछि मिसन यात्रा रोक्का भएको हो । -राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्