३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


धनकुटामा जिप दुर्घटना हुँदा एकको मृत्यु


65
Shares

काठमाडौं । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ ।

मे १ ज २१६२ नम्बर जिप दुर्घटना हुँदा जिपमा सवार सागुरीगढी गाउँपालिका–७ की १९ वर्षीया श्रेया राईको मृत्यु भएको हो ।

जिप अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएकी उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।