Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


लेटाङ घटना: स्थानीय त्रसित, पठनपाठन अनिश्चित


1.9k
Shares

काठमाडौं । मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयकी बालिकामाथि यौन दुव्र्यवहार प्रयासको घटनापछि उत्पन्न परिस्थितिले सो विद्यालयको पठनपाठन अनिश्चित बनेको छ ।

सुरक्षामा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै जानेगरि भएको आक्रमणपछि विद्यालयको पठनपाठन अनिश्चत बनेको हो ।

विद्यालयका शिक्षक मनोज पोडेलले चैत ४ गते होलीका दिन सोही विद्यालयमा पढ्ने एक छात्राको घरमा गएर पानी खाने बहानामा यौन दुव्र्यवहारको प्रयास गरेका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।