Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तराई ठगी खाने भाँडो बन्यो : ओली


286
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई विभिन्न बहानामा ठगी खाने भाँडो भएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराई मधेशका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने गरेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष ओलीले तराई मधेशमा एमालेविरुद्ध फैलाइएको भ्रम निवारण भएको बताउँदै मधेशको विकासमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्दै भन्नुभयो, मधेशमा द्धन्द्ध उद्योग स्थापना गरिएपनि त्यो सफल हुन पाएन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।