 
	    काठमाडौं । मुस्लिम आयोगले ३ वर्षको अवधिमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पत्रकार सम्मेलन गरेर आफू नियुक्त भएर आएसँगै हालसम्म गरिएको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई आयोगको तीनै वर्षको वार्षिक प्रतिवेदन पेश गरी मुस्लिम समुदायको हक, हित संरक्षणका लागि नीतिगत तथा कानूनी विषयमा नेपाल सरकारलाई सुझाव पेश गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष अन्सारीले मुस्लिम समुदायका मानव विकास सुचकाङ्क निकै पछाडी रहनु, राज्यको स्रोत, साधन, अवसर र लाभमा नियोजित पहुँच नहुनु र राजनीतिक तथा प्रशासनिक संरचनामा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्व नहुनु समस्याको रुपमा रहेको बताउनुभयो ।
सरकारबाट मदरसा शिक्षाको उचित पाठ्यक्रम नबनाइनु, राज्यका तिनै तहबाट सञ्चालन हुने आर्थिक तथा सामाजिक सशक्तिकरण कार्यक्रममा मुस्लिम समुदायको पहुँच नहुनु तथा संस्कृति, भाषा, कला, लिपी, साहित्यको संरक्षणको कुनै कार्यक्रम नहुनु मुख्य समस्याका रुपमा रहेको उहाँले बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्