
काठमाडौं । खोटाङ जिल्लाकाे त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन भएको छ ।
गत १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान र दान पेटिकाबाट ४ लाख ४३ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको हो । हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३ सय ५० रुपैयाँ, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ४१ हजार ६सय ५ रुपैयाँ, बसाहा थानमा राखिएको दान पेटिकाबाट ५० हजार ९ सय ७५ रुपैयाँ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हजार ३ सय रुपैयाँ जम्मा भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीबाट दुई हप्ताको अवधिमा भएको आम्दानीमध्ये १ लाख ३४ हजार रुपैयाँ खर्च हुँदा ३ लाख ८ हजार २ सय ८२ रुपैयाँ बचत भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । सूचना केन्द्रले हलेसी आएका दर्शनार्थी र पर्यटकले मन्दिर र दान पेटिकामा चढाएको रकमलाई आम्दानीका रुपमा बाँधेर आयव्यय सार्वजनिक गरिएको छ ।
यस अवधिमा दर्शनार्थीले ३ हजार ७ सय भारतीय रुपैयाँ, चाँदी १९.६९ तोला र सुन १.२ ग्राम चढाएको सूचना केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्