Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


विप्लवको केन्द्रीय कमिटी बैठक कपिलबस्तुमा जारी


195
Shares

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा आज (सोमबार) जारी केन्द्रीय कमिटी बैठकमा महासचिवको प्रतिवेदनमाथि छलफलको क्रम जारी रहेको छ ।

तीन दिनदेखि शिवराज नगरपालिका-९ को भगवानपुरमा पार्टीको निर्माणाधिन केन्द्रीय कार्यालयमा जारी बैठक स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने निर्णयका लागि महत्वपूर्ण मानिएको छ । बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको नेताहरुले जनाएका छन् ।

बैठकमा ६९ जना केन्द्रीय सदस्य मध्ये ६७ जना र ७ जना केन्द्रीय सल्लाहकार मध्ये ४ जना सहभागी भएका छन् ।