Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


अमेरिकाको इण्डो प्यासिफिक रणनीति नाटोको एशियाली रुप भएको चीनको टिप्पणी


2.1k
Shares

काठमाडौं । अमेरिकाको इण्डो प्यासिफिक रणनीति नाटोको एशियाली रुप भएको टिप्पणी चीनले गरेकाे छ।

छिङ्ह्वा विश्वविद्यालयले आयोजना गरेको सुरक्षा रणनीति सम्बन्धि कार्यक्रममा चिनियाँ उप विदेशमन्त्री ली युछेङले युरोपेली देशहरुमा नाटोको विस्तार भन्दा इण्डोप्यासिफिक रणनीतिको विस्तार खतरनाक भएको बताउनुभएको हो । नाटो विस्तारको चाहनाले युक्रेन संकट आएजस्तै भविष्यमा आईपिएस विस्तारले समस्या नल्याउला भन्न नसकिने उहाँको भनाइ थियो ।

भारतका लागि पूर्वराजदूत समेत रहनुभएका लीले इण्डोप्यासिफिक यस क्षेत्रका देशहरुबीच विभाजन र ग्रुपिज्म गर्ने र अन्ततः क्षेत्रीय अस्थिरता बढाउने बताउनुभयो । इण्डोप्यासिफिक नाटोको एशियाली रुप हुने भन्दै उहाँले एशियाको भविष्य एशियालीहरुकै हातमा हुनुपर्ने बताउनुभयो ।

अमेरिकाले एशियाली देशहरुलाई फुटाउन विभिन्न समूहहरु बनाउने गर्दै आएकोपनि चिनियाँ कूटनीतिज्ञको भनाइ छ ।