Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


३० परियोजनाका लागि १० खर्ब रपैयाँ लगानी स्वीकृतः अझै एक दर्जन आयोजना पाइपलाइनमा


156
Shares

काठमाडौं । ठूला परियोजनाहरुमा पुँजी जुटाउन स्थापना भएको लगानी बोर्डले हालसम्म ३० वटा परियोजनाका लागि १० खर्ब रुपैयाँ (८ अर्ब ४० करोड डलर) लगानी स्वीकृत गरेको छ ।

लगानी बोर्डका प्रवक्ता भगवान अर्यालका अनुसार जलविद्युत, सिमेनट, उत्पादनमूलक उद्योग, गाडी उत्पादन, औद्योगिक पार्क, सडक , लजिस्टिकलगायतका परियोजनाका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको हो ।

हालको व्यवस्था अनुसार ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएका आयोजनाको लगानी बोर्डको क्षेत्राधिकारमा पर्छ ।

यो समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।