Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल


1.4k
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयास गरे । गत फागुन १५ गते अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन भएपछि गठबन्धन नभत्किए पनि खटपट कायमै रहेको अवस्थामा एमालेको भत्काउने प्रयास अहिले पनि जारी छ।

एमाले अहिलेको गठबन्धनविरुद्ध रहेको र यसलाई भत्काउने प्रयास सदैव कायम रहेको ओलीले बताईसकेका छन । एमसीसी संसदबाट अनुमोदन भएपछि नेकपा एमालेको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अहिलेको सत्ताधारी गठबन्धन अप्राकृतिक भएको र यसले मुलुकको हित नगर्ने भएकाले गठबन्धन तोडिनुपर्ने तर्क गरेका थिए ।

एमालेले जसरी पनि गठबन्धन तोडे मात्रै आफ्नो अनुकूल निर्वाचनमा जान सकिने मानसिकता बनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।