Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


यसबर्ष आँपको उत्पादन बढ्ने


0
Shares

सिन्धुली । आँप उत्पादनका लागि उर्वर स्थान मानिने सिन्धुलीको कमलाखोँच क्षेत्रमा विगत वर्षको तुलनामा यसवर्ष आँपमा अत्यधिक फूल खेलेको छ ।

विगतका वर्षहरुमा फूल लाग्न नसकेका आँपका बृक्षहमासमेत यसपाली फूल फुलेपछि किसानहरु खुसी भएका छन् ।

हावी हुरीको प्रकोप नआए यसवर्र्ष सिन्धुली जिल्लामा २५ हजार मेट्रिक टन आंप उत्पादन हुने कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

सिन्धुलीको खेतीयोग्य भू–भागको करीब ६ प्रतिशतमा आँप खेती गरिएको छ ।

उत्पादन भएका आँप काठमाडौं,नाराययणघाट तथा पोखरा आदि शहर–बजारहरुमा बिक्रीका लागि पुर्‍याउने गरिएको छ ।