 
	    काठमाडौं, चैत्र २ । वैज्ञानिकहरुले कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउने औषधि पत्ता लगाएको दावी गरेका छन् ।
कोरोनाको संक्रमणबाट विश्व आक्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुले कोरोना भाइरस पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका हुन् ।
चिकित्सकहरुको समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा भने परीक्षण गर्न बाँकी नै रहेको बताइएको छ । मानव शरीरमा तत्कालै परीक्षण थालिए पनि परिणाम आउन भने महिनौं लाग्न सक्ने बताइएको छ ।
इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ ।
उनीहरुले कोरोना भाइरस (कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै त्यसलाई कोरोना परिवारको भाइरस भनेका छन् ।
अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स महामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मूल पार्ने औषधि बनाउन पनि काम गरेको बताइएको छ ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्