Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


गड्डाचौकी नाकामा पर्यटकमाथि कडाइ, सिनेमा हल बन्द


0
Shares

कञ्चनपुर, चैत १ । कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकबाट आउने पर्यटकमाथि कडाइ गरिएको छ ।

भारतमा ‘कोरोनाभाइरस’बाट मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गएपछि स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने पर्यटकमाथि कडाइ गरिएको अध्यागमन कार्यालय गड्चौकीका प्रमुख पदम भट्टले बताए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले नाकाबाट भारत जाने तथा नेपाल भित्रिनेहरुको तथ्यांक संकलन गरिरहेका छन् ।

नाकामा कडाइ गरिएसँगै गड्डाचौकी सुनसान बनेको छ ।

उता, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोनाको जोखिम नियन्त्रणका लागि शनिबार (आज)देखि सिनेमा हलसमेत बन्द गर्ने निर्णय गरेको छ ।