
कपिलवस्तु । कपिलवस्तुमा हावाहुरीसँगै आएको असिनापानीले बानीनालीमा ठूलो क्षति पुर्याएको छ ।
शुक्रबार दिउंसो एक्कासी हवाहुरीसँगै परेको पानीले मकैं,गहुँजस्ता अन्नबाली र आँप,लिचीजस्ता फलफूल र तरकारी बालीमा क्षति पुगेको हो ।
पहिला परेको पानीले गहुँ बालीमात्र क्षति पुर्याएकोमा हिजोको असिना पानीले सबै बालीनालीमा क्षति पुगेको किसानहरुले बताएका छन् ।
पानीले ईटा उद्योगहरुमा पनि ठूलो क्षति पुगेको छ । असिना पानीले पुर्याएको क्षतिको यकिन तथ्यांक भने नआइसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्