काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतले गरेको प्रस्तावलाई सदस्य राष्ट्रहरुले सकारात्मक रुपमा लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको प्रस्ताव स्वागतयोग्य भन्दै नेपाल सरकार आफ्ना नागरिकलाई महामारीबाट बचाउन सार्कको सदस्य राष्ट्रको हैसियतले मिलेर काम गर्ने जनाएका छन् ।
यस्तै भुटानका प्रधानमन्त्री लोत्या छिरिङले मोदीको आह्वानको प्रशंसा गरेका छन् ।
श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना अनुभव र सिकाइलाई सार्कका सदस्यबीच साट्न र छलफल गर्न तयार रहेको बताएका छन्
माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले मोदीको क्षेत्रीय पहललाई सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यता पाकिस्तानले पनि मोदीको प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ । पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आइशा फारुकीले स्वास्थ्यमन्त्रीले सार्क मुलुकका नेताहरुसंग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने भन्दै कोरोना नियन्त्रणका लागि क्षेत्रीय सहयोग आवश्यक रहेकोमा जोड दिएकी छन् ।
भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण विगत चार वर्षदेखि निस्कृय रहेको सार्कलाई भन्दा भारतले विमस्टेकलाई भारतले दिन थालेको थियो ।
तर कोरोनाको महामारी फैलदैं गएपछि भारतीय प्रधानमन्त्री मोदीले सार्क मुलुकका नागरिकहरुलाई स्वस्थ राख्न साझा रणनीतिको आह्वान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्