Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


‘कोरोना’ महामारीः प्रधानमन्त्री ओलीले गरे मोदीको प्रस्तावको समर्थन


0
Shares

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटप्रति प्रतिक्रिया जनाएका छन् ।

उनले ‘कोरोनाभाइरस’को महामारीसँग जुध्न मोदीले गरेको प्रस्तावको स्वागत गरेका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले कोरोनाभाइरसविरूद्ध लड्नका लागि ‘सार्क’ मुलुकहरूले बलियो रणनीति बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले ‘भिडियो कन्फरेन्स’मार्फत् आवश्यक रणनीतिहरु आदान–प्रदान गरेर यस क्षेत्रका नागरिकलाई सुरक्षित राख्न सकिने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले मोदीको सोही ट्वीटप्रति ट्वीटमार्फत् नै आफ्नो भनाइ राखेका हुन् ।

प्रधानमन्त्री ओलीले मोदीको ‘विचार’लाई समर्थन गर्दै आफ्नो सरकार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुसित मिलेर काम गर्न तयार रहेको जनाएका छन् । 

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ ।

उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमै रहेका छन् ।

उनलाई चिकित्सकहरुले ‘ट्याबलेट’ प्रयोगको अनुमति दिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । 

मोदीको उक्त प्रस्तावको स्वागत गर्दै सार्क सदस्य राष्ट्रका विभिन्न राष्ट्र/सरकार प्रमुखहरुले आफ्नो भनाइ राखेका छन् ।