 
	    उरुम्की, फागुन २९ । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः सुरु भएको छ ।
चीनको हुबेई प्रान्तमा ‘कोरोनाभाइरस’को संक्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।
सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तीव्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि सुरु भएको रेल अधिकारीहरुले बताएका छन् ।
चाइना रेलवेकाअनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै सुरु हुनेछ ।
सिनजियाङ रेलवे अधिकारीहरुले यात्रीहरुले अनलाइन वा रेलवे स्टेसनमै आएर टिकट किन्न सक्ने बताएका छन् ।
सिनजियाङका उद्योगधन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ ।
सिनजियाङमा लगातार २३ दिनसम्म कोरोनाभाइरसका एकजना पनि रोगी फेला परेका छैनन् ।
स्थानीय सरकारले कोरोनाभाइरसको संक्रमण सिनजियाङमा देखा नपरेको भन्दै आपत्कालीन स्थितिलाई हटाएको छ । रासस/सिन्ह्वा


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्