बाँकेको जानकी गाँउपालिका–३ खजुरारोडस्थित एक चप्पल कारखानामा भएको आगलागी नियन्त्रणमा आएको छ ।
जय सियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रिज प्रालिमा राति १ बजेतिर लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको हो ।
पांच वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।
आगलागी नियन्त्रणका लागि बर्दिया र नेपालगन्ज विमानस्थलमा रहेका थप ३ वटा दमकल समेत झिकाइएको थियो ।
आगलागीका कारण लाखौं मूल्यको क्षति भएको कारखानाका सञ्चालकले बताएका छन् ।
विद्युत शर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।















प्रतिक्रिया दिनुहोस्