Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


‘रेडियोधर्मी पदार्थ नियमन, व्यवस्थापन गर्न स्पष्ट ऐन आवश्यक’


0
Shares

काठमाडौं, फागुन २७ । रेडियोधर्मी पदार्थ नियमन तथा व्यवस्थापन गर्न स्पष्ट ऐनको आवश्यकता पर्नेमा विज्ञहरुले जोड दिएका छन ।

विज्ञहरुसहित मंगलबार बसेको राष्ट्रियसभाअन्तर्गत् विधायन व्यवस्थापन समितिको बैठकमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि बनेको विधेयकमा सुझाव दिँदै उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

विदेशबाट भित्रिने एक्सरेसम्बन्धी प्रविधिको गुणस्तर मापनसमेत नहुँदा समस्या निम्तिएको उनीहरुको तर्क थियो ।

उनीहरुले तेस्रो मुलुकबाट भित्रिने एक्सरे उपकरण विज्ञको स्वीकृतिपछिमात्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

रेडियोलोजिष्ट डा. अरुणकुमार गुप्ताले विधेयकमा पारमाणविक विषयका धेरै पक्ष समेटेको तर रेडियोधर्मी पदार्थको विकिरणले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई खासै नसमेटेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा क्षेत्रमा प्रयोग हुने प्रविधिको चेकजाँचको विषयमा सरकारले आफ्नै ल्याब खोल्ने तयारी गरिरहेको बताए ।

उनले गुणस्तरीय उपकरणको प्रयोग एवं सञ्चालनसम्वन्धी सबै विषय नयाँ विधेयकले समेट्ने दाबी गरे ।