Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


विराटनगरमा होली प्रभावित


0
Shares

विराटनगर, फागुन २७ । सरकारले जोखिमका कारण भीडभाडमा होली नखेल्न अपिल गरेपछि विराटनगरमा यस वर्षको होली कार्यक्रम प्रभावित भएको छ ।

अघिल्ला वर्षहरुमा बिहानैदेखि होली खेलिने गरेको भएपनि यसपटक त्यो खालको रौनक नदेखिएको हो ।

फाट्टफुट्टरुपमा केही युवा–युवतीले आफूखुसी होली खेले पनि चोक–चोकमा आयोजना हुने ‘होली मिलन’ कार्यक्रम भने रोकिएको छ ।

मुख्य सडकहरु प्रायः सुनसान छन् ।

यस वर्ष होली मिलन कार्यक्रम, होली ‘अलबेलो बारात’ र ‘होली रंगारंग’ कार्यक्रम पनि स्थगित गरिएको छ ।