काठमाडौं । कोभिड-१९ को संक्रमणको त्रास बढेसँगैंं बजारमा भइरहेको मास्क अभाव टार्न सरकराले उत्पादन सुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुनेगरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मास्क उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन भइसकेको छ ।
दुई दिनपछि नै दैनिक १० देखि २० हजार मास्क उतपादन हुने उनले बताए ।
मास्क मात्रै होइन कोभिड-१९ संक्रमित बिरामीको नजिक जाने चिकित्सक र अन्य व्यक्तिले प्रयोग गर्नैपर्ने पीपीई अर्थात व्यक्तिगत सुरक्षा सामाग्री पनि नेपालमा उत्पादन हुन थालिसकेको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार उत्पादित पीपीई हाल विश्व स्वास्थ्य संगठनमा गुणस्तर जाँचका लागि पठाइएको छ । कान्तिपुर दैनिकबाट ।










प्रतिक्रिया दिनुहोस्