Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


गौतमलाई लागेको ‘ब्रेक’ खुस्काउन शीर्ष नेतालाई सकस


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णयमा ‘ब्रेक’ लाग्दा शीर्ष नेता छटपटीमा परेका छन् ।

१५ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष गौतमलगायतको सहभागितामा ललितपुर खुमलटारमा बसेको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने आन्तरिक सहमति गर्‍यो ।

तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसमा ब्रेक लगाएपछि उनीहरु छटपछीमा परेका हुन् ।

यसअघि, भैसेपाटीसिथत गौतम निवासमा बसेको शीर्ष नेता सम्मिलित बैठकले यस विषयलाई अघि बढाउन सहमति गरेको थियो ।

खुमलटार बैठक बसेलगतै नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गर्‍यो  ।

त्यसपछि प्रधानमन्त्री ओली आफूविरुद्ध षड्यन्त्र सुरु भएको विश्लेषण गर्दै सचिवालय निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा पुगे ।

खुमलटारमा सहमति गरेर सचिवालय बैठकबाट उनलाई अल्पमतमा पारेर निर्णय गरिएको भन्दै गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने योजना पर धकेलिएको हो ।

सचिवालय निर्णय लगतै ओलीले नेता नेपाललाई फोन गरेर बालुवाटारमा छलफल गरे ।

उनले केही व्यापारीको स्वार्थमा अर्थमन्त्री डा. खतिवडालाई हटाएर गौतमलाई ल्याउन नसकिने संकेत गरिसकेका छन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मृगौंला प्रत्यारोपण गरी आराम गर्दैछन् । राजधानी दैनिकबाट ।