Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


युएईमा दुई नेपालीमा कोरोना


0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएईमा) मा दुई नेपालीलाई कोरोना (कोभि-१९) पुष्टि भएको छ ।

सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

“हामी युएई सरकारसँग सम्पर्कमा छौं । दुई नेपालीमा कोरोना पुष्टि भएको खबर पाएका छौं । थप सूचना लिन प्रयत्नशील छौं, ढकालले भने ।”

युएईले नेपाललाई औपचारिक जानकारी दिएको छैन् । सोमबार कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक- एक नागरिक छन्

। आइतबार अष्ट्रेलियामा पनि एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । नयाँ पत्रिका दैनिकबाट ।