Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


सुध्रेको छैन अर्थतन्त्र


156
Shares

काठमाडौं । आर्थिक वर्षको सातौं महिनामा विदेशी मुद्रा सञ्चितीमा दबाब घट्ने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले लगातार आयातमा कडाइ गरेको तथा अन्य उपायहरु अपनाएका कारण पुस मसान्तसम्ममा विदेशी मुद्राको सञ्चितीले ६ महिना १८ दिनको लागि मात्रै वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेकोमा माघ महिनामा ६ महिना २१ दिन आयात धान्न आयात धान्न पुग्ने देखिएको छ ।

नेपाली मुद्रा कमजोर भएको तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि गैरबजेटरी सहायता गरेका कारण विदेशी मुद्रा सञ्चितीमा दबाब कम भएको देखिएको अर्थविद्हरुको भनाइ छ । किनकी राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको सातौं महिनामा विदेशी मुद्रा सञ्चिती १७.७ प्रतिशतले घटेको छ । अमेरिकी डलर भने २०७८ असार मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम रहेको छ ।

केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.७ प्रतिशतले कमी आई १०२४ अर्ब ६० करोड कायम भएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।