३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइन : अध्यक्ष ओली


91
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभएको बताउनुभएको छ ।

शनिबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले नेकपा एमाले जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको दाबी गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा नागरिकताको समस्या संसद नचलेको बेलामा पनि अध्यादेश ल्याएर बनाएको र अहिलेको सरकारले त्यसलाई रोकोको बताउनुभयो ।

‘एमाले पार्टी जनताको वास्तविक समस्याहरूलाई समाधान गर्ने पार्टी हो, मुद्दा देखाएर मुद्दाका नाममा मुद्रा कमाउने पार्टी होइन,’ उहाँले भन्नुभयो, ‘नागरिकताका समस्या हामीले संसदबाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामीले कानून बनायौं तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन ।’

नगरप्रमुख सरावगी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए ।