३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


दुई हजार मजदुरको स्वास्थ्य परीक्षण गराउन चौधरी ग्रामद्वारा स्वास्थ्य शिविर सञ्चालन


260
Shares

नवलपुर । चौधरी उद्योग ग्रामले २ हजार मजदुरको स्वास्थ्य परीक्षणका लागि शिविर सञ्चालन गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको दुम्कौलीस्थित चौधरी ग्राममा कार्यरत मजदुरहरूका लागि स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो ।

आफ्ना मजदुरहरूमा स्वास्थ्य अवस्था जानकारी लिने र उनीहरूको स्वास्थ्यमा ध्यान शिविर सञ्चालन गरिएको उद्योगका महाप्रबन्धक खड्ग पौडेलले जानकारी दिनुभयो ।

उद्योगका मजदुरहरू स्वस्थ्य रहे उद्योगको गुणस्तर पनि स्वस्थ्य रहने भन्दै पौडेलले मजदुरहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको बताउनुभयो ।

उद्योगले आफूहरूको स्वास्थ्य परीक्षणका लागि वरिष्ठ चिकित्सकको टोली ल्याएर शिविर सञ्चालन गरेकोमा मजदुरहरु पनि हर्षित भएका छन् । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परीक्षण गरिएकोमा महिलाहरू बढी खुसी देखिएका छन् ।

उद्योगले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरे मजदुहरूलाई राहत हुने मजदुर बताउँछन् । उद्योगका जनस्वास्थ्य अधिकृत सागर बस्ताकोटीका अनुसार उद्योगमा कार्यरत मजदुरहरूका लागि दुई चरण दिवा र रात्री सिफ्टलाई मिलाएर स्वास्थ्य परीक्षण गराएको बताउनुभयो ।

शिविरमा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजका सिनियर म्यानेजर दुर्गा न्यौपाने, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बुद्धिकुमार श्रेष्ठ, गाइनकोलोजी विभाग प्रमुख डा. रसिक न्यौपाने, ओपिडी इन्चार्ज प्रविन उपाध्याय लगायतका चिकित्कसहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

शिविरमा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोग रहेको थियो । उद्योगले चाउचाउ, चकलेट, वियर लगायतका वस्तुहरू उत्पादन गर्दै आएको छ ।