Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘उद्धारमा पनि रुसी अवरोध’


273
Shares

काठमाडौं । युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको आरोप लगाएको छ। युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको छ ।

हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन् । उनले रुसी सेनाले दक्षिण–पूर्वीसहरहरू घाइते भएका नागरिकलाई सुरक्षित स्थानमा लैजान खोज्दा निरन्तर गोलाबारी गरेको आरोप लगाए। युक्रेनको दक्षिण–पूर्वी सहर मरिपोलमा मानवीय सहायता र उद्धारका लागि आठवटा लोरी र ३० वटा बस बाटोमा रहेको युक्रेनी अधिकारीले जनाएका छन् ।

केही दिनयता ती क्षेत्रबाट नागरिकको उद्धाका लागि रुसले आंशिक युद्धविराम घोषणा गरेको छ। तर युक्रेनले रुसले निरन्तर हमला गरिरहेको आरोप लगाइरहेको छ । मरिपोल, समी र आरपिनबाट युक्रेनी नागरिक ज्यान जोगाउन भागदौड गरिरहेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।