Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार


2.3k
Shares

काठमाडौं । सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरमा बस्ने श्याम गुभाजुले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् ।

६५ वर्षका श्याम गुभाजुले आइतबार राति ६० वर्षीया श्रीमती पूजा गुभाजुलाई कुटपिट र एसिड प्रहार गरी घाइते बनाएको भक्तपुर प्रहरीले जनाएको छ । श्यामले श्रीमती पूजा गुभाजुको शरीरमा नाम नखुलेको केमिकल (रसायन) प्रहार गरेको प्रहरीले बताएको छ ।

घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटना स्थलमा अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले प्रेस विज्ञप्तिमार्फ जानकारी गराएको ।

घटनामा संलग्न श्याम गुभाजुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।