Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


१५ लाखले युक्रेन छाडे


91
Shares

काठमाडौँ । रुसको निरन्तरको आक्रमणबीच युक्रेनबाट १५ लाखभन्दा बढी मानिस बाहिरिएका छन्। युद्ध सुरु भएको दसौं दिनसम्म उक्त संख्यामा मानिसहरूले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थीसम्बन्धी उच्चायुक्त फ्लिपो गान्डीले जानकारी गराएका छन् ।

युरोपमा दोस्रो विश्वयुद्धपछि हाल शरणार्थी समस्या तीव्र गतिमा बढिरहेको उच्चायुक्तले बताएका छन्। युक्रेनका मुख्य सहरहरूमा रुसी आक्रमण बढिरहँदा दक्षिण सहर मरिपोलमा युद्धविरामको घोषणा गरिएको छ। त्यहाँ रहेका नागरिकहरूलाई बाहिर निकाल्न र मानवीय सहायताका लागि विभिन्न सहरमा आंशिक युद्धविराम भए पनि कतिपय ठाउँमा अहिले पनि आक्रमण जारी छ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले पश्चिमा गठबन्धनसँग पुनः युक्रेनको आकाशमा ‘नो फ्लाई जोन’ घोषणा गरेका छन्। उनले शनिबार ३ सय अमेरिकी सांसदलाई भिडियो कलमा कुरा गर्दै यस्तो आग्रह गरेका छन्। उनले शनिबार राति अमेरिकी राष्ट्रपतिसँग पनि कुरा गरेका थिए।नाटोले जेलेन्स्कीको आग्रहलाई निरन्तर रूपमा अस्वीकार गर्दै आएको छ। युक्रेनमा नो फ्लाई जोन घोषणा गर्दा यसले रुससँग पश्चिमा शक्तिको प्रत्यक्ष सैन्य टकराव हुन सक्ने सम्भावना छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘नो फ्लाई जोन’ घोषणा गरे त्यसलाई युद्ध कार्यका रूपमा लिने चेतावनी दिएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।