Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


पाकिस्तानको एक मस्जिदमा प्रार्थनाका क्रममा हमला हुँदा ५६ जनाकाे मृत्यु, करिब २ सय घाइते


182
Shares

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा रहेको खैबर पख्तुनख्वा प्रान्तको मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परि मृत्यु हुनेको संख्या ५६ पुगेकोछ।

शुक्रबार भएको सो आक्रमणमा कम्तिमा १ सय ९५ जना भन्दा बढी घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । दुई आतंककारीले मस्जिदभित्र पस्ने प्रयास गर्दा त्यहाँ सुरक्षामा रहेका प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरीको मृत्यु भएको र अर्का गम्भीर घाइते भएको पेशावर प्रहरीले जनाएको छ ।

गोलीबारीको घटना लगत्तै मस्जिदभित्र विष्फोट भएको बताउँदै प्रहरीले प्रारम्भिक अनुसन्धानका अनुसार त्यहाँ प्रार्थना गर्नेहरू माथि आत्मघाती हमला भएको उल्लेख गरेकोछ । उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई शहरको लेडी रिडिङ अस्पतालमा लगिएकोथियो ।

घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेकोछ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्जिदमा भएको घातक हमलाको निन्दा गर्नुका साथै घाइतेहरूलाई तत्काल चिकित्सा सहायता उपलब्ध गराउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री खानले विस्फोटबारे सम्बन्धित निकायबाट विस्तृत प्रतिवेदन लिन पनि आग्रह गर्नुभएको छ ।

राजधानी इस्लामावादबाट १ सय ९० किलोमिटर पश्चिममा रहेको अफगानिस्तानको सीमा नजिकै रहेको पेशावरमा विस्फोट गराइएको हो । पछिल्ला महिनाहरुमा पाकिस्तानमा हिंसाका घटनाहरुबढ्दै गएका छन् ।

अफगानिस्तानसँगको सीमामा रहेका सेनाका चौकीमा आक्रमण हुँदा दर्जनौ सैनिक मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।