Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अनुभव नबाँडी बिदा भए २० सांसद


1.7k
Shares

काठमाडौं । राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसद शुक्रबारबाट बिदा भएका छन् ।

आफ्नो चार वर्षको अनुभव बाँड्न नपाई उनीहरु बिदा भएका हुन । वि.स. २०७६ फागुनमा २ वर्षे कार्यकाल पूरा गरी बाहिरिने सांसदले राष्ट्रिय सभाको रोष्ट्रमबाट अनुभव बाँडेका थिए ।

गत ६ महिनादेखि प्रतिनिधि सभाको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा अवरोध गर्दै आकाले चार वर्षपछि बिदा हुन लागेका उपाध्याक्ष शशिकला दहाल सिहत २० जना सांसदले अनुभव बाँड्न पाएनन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।