काठमाडौं । सन् १९९६ अघिको समय हुँदो हो त युक्रेनमाथि आक्रमण गर्ने ‘साहस’ हरकोही देशले गर्ने थिएन । तर अहिलेको युक्रेनमाथि छिमेकी शक्तिशाली देश रुसले हमला गरेर क्षति पुर्याइरहेको छ । एक सातायता रुसको आक्रमणले युक्रेनकै अस्तित्व के हुने हो भन्ने सोच्न बाध्य बनाइदिएको छ । रुसले नौ दिनदेखि ‘विशेष सैन्य कारबाही’ का नाममा युक्रेनमाथि बर्बर आक्रमण गरिरहेको छ ।
युक्रेनको राजधानी किएभ, खारकिभ,ओडिसा, खेरसन लगायतका सहरमा रुसले लगातार बमबारी गरिरहेको छ । रुसी बख्तरबन्द गाडीहरू लस्करका लस्कर प्रमुख सहरहरूमा पसेका छन् । युक्रेनमाथिको आक्रमणमा रुसले करिब डेढ लाख सैनिक परिचालन गरेको छ ।
युक्रेन सन् १९९६ सम्म विश्वकै तेस्रो ठूलो आणविक महाशक्ति थियो । ऊसँग त्यति बेला ६ हजारभन्दा बढी आणविक हतियार थिए। जानकारका अनुसार अहिलेको विश्वमा थोरै भए पनि आणविक हतियार भएको मुलुकमाथि सैन्य आक्रमण गर्न महाशक्ति राष्ट्र समेत हच्किन्छन् । युक्रेन पहिलेकै अवस्थामा भएको भएर सायद रुसले आक्रमण गर्ने आँट गर्ने थिएन ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्