Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


रुसी आक्रमणका कारण दश लाखभन्दा बढी युक्रेनी नागरिकले देश छोडे


195
Shares

काठमाडौं ।युक्रेन माथि रुसले आक्रमण शुरु गरेपछि दश लाख युक्रेनीहरुले युद्धबाट जोगिन देश छाडेका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी नागरिकमा रुसी आक्रमणका कारण निकै डर र त्रास फैलिएको छ । रुस र युक्रेनबीच युद्ध अझै चलिरहेको छ । रुसले लगातार युक्रेनमाथि बमबारी र मिसाइल प्रहार गरिरहेको छ । जसका कारण युक्रेनीहरु छिमेकी देशहरुमा पलायन भएका हुन् । युक्रेनबाट भागेका मानिसहरू पोल्याण्ड, हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकिया लगयतका देशहरूमा पुगेका छन् । त्यसमा महिला र वालवालिकको संख्या धेरै रहेको छ ।

रुसी आक्रमणमा परेर युक्रेनको राजधानी कीभ र खारकीभ शहरमा निकै मानिसहरु हताहत भएका छन् ।विभिन्न संचारमाध्यमहरुका अनुसार युरोपेली संघले युद्धग्रस्त अवस्थाबाट भगेका युक्रेनीहरूलाई ३ वर्षसम्म २७ राष्ट्रको समूहमा बस्न र काम गर्न अधिकार दिने भएको छ । युरोपेली संघले युक्रेन छोड्न बाध्य भएका मानिसहरूलाई सहयोग गर्ने बताएको छ ।

एजेन्सीको सहयोगमा