Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


आवागमन सहज


0
Shares

खिलनाथ ताजपुरिया र सुयेश मानन्धर (इमेज)

काठमाडौं, फागुन २० । अत्यधिक चाप रहने काठमाडौंका सडकमा मंगलबार भने केही खुकुलो महसुस गरिएको छ ।

‘कोरोनाभाइरस’को त्रासका कारण सडकमा खुकुलो अवस्था आएको आशंकालाई भने प्रहरीले अस्वीकार गरेको छ ।

ट्राफिक प्रहरीको सक्रियता र विवाह, ब्रतबन्धको साइत नपरेकाले भीड अलिकति कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौंको मुख्य सडकदेखि भित्रि सडकहरुमा गुड्ने सवारी–साधनहरुको अत्यधिक चापका कारण जाम हुने गरेकोमा मंगलबार तुलनात्मकरुपमा सडकमा खुकुलो अवस्था देखिएको छ ।

सडकमा आवागमन सहज बनाउन र दुर्घटनालाई न्यूनीकरण गर्ने हेतुले ट्राफिक प्रहरीको सक्रियता बढेसँगै अस्तव्यस्त आवागमनमा सहजता आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ ।

महानगरपलिकामा अहिले १४ सय दुई ट्राफिक प्रहरीहरु परिचालन रहेका छन् ।

ट्राफिक नियम उल्लंघन तथा गलत पार्किङका कारण जाम हुने गरेको भन्दै ट्राफिक प्रहरीले सडकहरुमा अहिले पोइन्ट ड्युटी, मोबाइल ड्युटी, भ्यान निगरानी तथा ट्राफिक सचेतना कार्यक्रमहरुसमेत चलाइएको जनाएको छ ।

त्यसो त ट्राफिक नियम उल्लंघन गर्दा १० हजारसम्म जरिवाना तथा उल्लंघनको प्रकृति हेरी जरिवानासहित एक घन्टा ट्राफिक सचेतना कक्षासमेत लिइँदै आएको छ ।

गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशतले दुर्घटना कम भएको महाशाखाको दाबी छ ।

ट्राफिक जामले दैनिक कामकाजमा हुने ढिलाइ तथा अस्तव्यस्त आवागमनलाई सहज बनाउन महाशाखाले बढाएको सक्रियताले छिट्टै नै उपत्यका जाममुक्त हुने दाबीसमेत गरेको छ ।

भिडियो हेर्नुहोस्