Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


धौलागिरि अस्पतालको स्तरोउन्नती गर्न सरकारले दियाे स्वीकृति


65
Shares

बागलुङ । बाग्लुङस्थित धौलागिरि अस्पताललाई ५० शैयाबाट स्तर वृद्विगरि २ सय शैयाको बनाउन सरकारले स्वीकृति दिएपछि काम अगाडि बढाइएको छ ।

५० शैयाको अस्पताल बनाउने घोषणा गरेको १५ वर्ष बितिसक्दा समेत पूरा नभएका बेला १ सय ५० शैया थप गरी २ सय शैया बनाउने योजना अघि बढाइएको हो । ८ बर्ष अगाडि सुरु भएको अस्पतालको सि ब्लकको भवन निर्माणको काम अहिलेसम्म सम्पन्न भएको छैन ।

अस्पतालको स्तरवृद्धि गरि २ सय शैयाको बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत प्रक्रिया अगाडि बढाइएको छ ।