Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रेमिट्यान्स आप्रवाहमा कडाई

देशभित्र रेमिट्यान्स कारोबार प्रति दिन प्रति ब्यक्ति २५ हजार भन्दा बढी गर्न नपाइने

221
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स आप्रवाहमा कडाइ गरेको छ ।

देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने ब्यवस्था गरिएको हो । यसअघि, यो सीमा १ लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकले बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सव– रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कोरोबार, प्रति दिन अधिकतम १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा उक्त सीमालाई फागुन १८ गतेदेखि लागू हुने गरी अधिकतम २५ हजार रुपैयाँ कायम गरिएको जनाएको हो ।

तर, विदेशबाट नेपालमा पठाउने रेमिट्यान्स रकमको सीमा भने यथावत राखिएको छ ।