काठमाडौं, फागुन २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
उनले मंगलबार ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलतासहित स्वास्थ्यलाभको कामना गरेकी हुन् ।
‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’–राष्ट्रपति भण्डारीको ट्वीटमा लेखिएको छ ।
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
— Bidya Devi Bhandari President of Nepal (@PresidentofNP) March 3, 2020
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने तय गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्