Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


माओवादीभित्रको विवादमा ‘विप्लव’ प्रवेश


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ।संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका छन्। यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपालबीच भएको अनुदान सम्झौता माओवादी केन्द्रका अध्यक्ष दाहालसमेतको अग्रसरतामा प्रतिनिधिसभाबाट अनुमोदन भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

अध्यक्ष दाहालले एमसीसी सम्झौता अनुमोदन गर्न पार्टीले लगाएको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्नुपर्ने, एमसिसी सम्झौताको विपक्षमा रहेका नेता श्रेष्ठ पार्टी छाड्न स्वतन्त्र रहेको र पार्टी छोड्दा वामदेव गौतमको जस्तै हालत हुने भनेपछि विवाद बढेको हो। दाहालको यस भनाइले आफ्नो अपमान भएको श्रेष्ठले बुझेका छन्। माओवादी केन्द्र दलीय रुपमा एमसिसी सम्झौताको पक्षमा उभिएपछि श्रेष्ठलगायत केही नेताले त्यसको विपक्षमा अभिव्यक्ति दिएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।