Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


‘गठबन्धनमा आबद्ध नेताको घुँडाको छाला गइसक्यो’


91
Shares

काठमाडौं । ‘एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थिति’बारे नेकपा (एमाले)का आधिकारिक धारणा सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि सञ्चारकर्मी मित्रहरूलाई अनुरोध गर्दछौं ।’

नेकपा एमालेका कार्यकर्ताद्वारा सामाजिक सञ्जालमा जारी सूचनामा उल्लेख थियो । समय उल्लेख थियो मंगलबार दिउँसो १ बजे । यस्ता कार्यक्रममा तोकिएको समयभन्दा एक, डेढ घन्टा ढिला उपस्थित हुुनु एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको विशेषता नै बनिसकेको छ । तर, मंगलबार ओलीले आफ्नै पुरानो रित तोडे । ठीक ११ बजेर १० मिनेटमा कार्यक्रमस्थल तीनकुनेस्थित रोयल बेन्क्वेट आइपुगे । उनी आउनुअघि नै ड्यास अगाडि क्यामेरा ठडिइसकेका थिए ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रम सञ्चालन गरेलगत्तै उपमहासचिव प्रदीप ज्ञवालीले चार पृष्ठ लामो १२ बुँदे प्रेश विज्ञप्ति वाचन गरे । प्रेस विज्ञप्तिलगायतका सामग्री मेलमा पठाउँदै आएको एमालेले मंगलबार भने विज्ञप्ति पढेर सुनाएपछि फोटोकपी बाँडेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।