Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बाबुआमासँगै पारस निर्मल निवासमा : छोरा अमेरिका, छोरी र श्रीमती थाइल्यान्डमा


9.7k
Shares

काठमाडौं । लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसिरहनुभएको छ । झन्डै पाँच महिनाअघिदेखि निर्मल निबास बस्न थालेका पूर्वयुवराज पारस परिवारका सबै जना विदेसिएपछि अहिले एक्लै पर्नुभएको हो ।

परिवारका तीन सन्तानमध्ये दुई छोरी पूर्णिका र किर्तिका उच्चशिक्षा अध्ययनको क्रममा करिब तीन वर्षदेखि थाइल्यान्डमै बसिरहेका छन् । छोरा हृदयेन्द्र उच्चशिक्षा अध्ययनको सिलसिलामा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् । दुई महिनाअघि पूर्वयुवराज्ञी एवं आमा हिमानीसँग अमेरिका पुगेका हृदयेन्द्र केही वर्ष अमेरिकामै बस्ने कार्यक्रम तय भएको छ ।

केही महिनाअघि अमेरिकामा बसोबास गरेका नेपालीका साथै हिमानी ट्रस्टले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागिता जनाएकी हिमानी दुई छोरीलाई भेट्न थाइल्याण्ड फर्कनुभएको छ । उहाँ यो महिना थाइल्यान्डमै बसेर चैतमा नेपाल फर्कने कार्यक्रम रहेको निर्मल निवासले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र मा प्रकाशित छ ।