Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


स्थानीय तहमा भ्रष्टाचार बढी : अख्तियार


0
Shares

बुटवल, फागुन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

अख्तियारको बुटवल कार्यालयले स्थानीय तह र शिक्षा क्षेत्रमा बढी भ्रष्टाचार हुने गरेको तथ्यांक प्रस्तुत गरेको हो ।

आयोगका उपसचिव रमेश ढकालकाअनुसार अख्तियारमा परेका एक हजार ९९ उजुरीमध्ये ३९३ स्थानीय तह र ३०२ शिक्षासँग सम्बन्धित रहेको जानकारी दिए ।

उपभोक्ता समितिबाट हुने अनियमितता, निर्माण तथा खरिदकार्यमा प्रतिस्पर्धा नगराइनु, नदीजन्य पदार्थको अवैध निकासी, दोहोरो भुक्तानी, बढी भुक्तानी, विद्यालयको भौतिक सुधार, विद्यालय भवन, शौचालय निर्माण, नक्कली अध्यापन अनुमतिपत्र, नक्कली शैक्षिक प्रमाणपत्रजस्ता उजुरीका प्रकृति रहेको अख्तियारले जनाएको छ ।

सो कार्यालयका प्रमुख डा. भीष्मकुमार भुसालले घुस लिँदा नगदको सट्टा जिन्सी लिने, अर्कैको खातामा रकम जम्मा गराउने तथा बिचौलियाको प्रयोग गर्ने प्रवृत्ति बढेको बताए ।

माघ मसान्तसम्म अख्तियारमा सबैभन्दा बढी रुपन्देहीका ४५५ उजुरी परेका छन् । कपिलवस्तुका २४१, नवलपरासी पश्चिमका १९७, अर्घाखाँचीका १९७, गुल्मीका ९२, पाल्पाका ८९, नवलपरासीका पूर्वका ७० तथा रोल्पाका ३६ रहेका छन् ।