Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


रुस र युक्रेन युद्धले सुनको मूल्यमा उतारचढाव


455
Shares

काठमाडौं । रुस र युक्रेनको युद्धको कारणले सुनको मूल्यमा उतारचढाव आएको छ । गत साता प्रतितोला एक लाख नजिक पुगेको सुनको मूल्य पुन: ओरालो लागेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन तोलामा एक हजार ४ सय रुपैयाँले मूल्य बढेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार प्रतितोला सुनको मूल्य ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

३ दिनको अवधिमा सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।