Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


हमला रोक्न रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा


390
Shares

काठमाडौं । युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ।युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन्। युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न चाहे पनि उसले बेलारुसमा वार्ता गर्नुपर्ने सर्त राखेपछि युक्रेनले अस्वीकार गरेको छ। बेलारुस रुसकै समर्थक भएका कारण अन्य कुनै ठाउँमा वार्तामा बस्नुपर्ने युक्रेनको माग छ।

वार्ताका लागि दुवै पक्ष तयार भए पनि कहाँ गर्ने भन्नेमा सहमति हुन सकेको छैन। जेलेन्स्कीले बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग कुरा गरेको तर उनले के विषयमा छलफल गर्ने भन्नेबारेमा विस्तृतमा जानकारी नगराएको बताएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।