इलाम । आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतदाता नामावलीलाई अन्तिम रुप दिन लागिएको छ ।
निर्वाचन आयोगले मतदाता नामावलीको टुंगो लगाउन आउँदो १९ देखि २६ गतेसम्मलाई कार्यतालिका सार्वजनिक गरेको छ ।
मतदाता नामावलीमा आफ्नो नाम भए नभएको यकिन गर्ने,कुनै त्रुटि भए सच्याउने लगायतका काम यो अवधिमा गरिंदै छ ।
आयोगले आउँदो १९ गते जिल्ला निर्वाचन कार्यालय, जिल्लाका सबै स्थानीय तह , सबै वडा कार्यालय र जनसम्पर्क हुने कार्यालयहरुमा सम्बन्धित स्थानको मतदाता नामावली सार्वजनिक गर्नेछ ।
यसरी सार्वजनिक गरिएको नामावलीमा दावी विरोध भए उजुरी गर्नसमेत मौका दिइएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्